काठमाण्डौँ । फिल्म ‘लभ यु हमेशा’को शीर्ष गीत सार्वजनिक गरिएको छ। गीतमा अभिनेता यशराज गरच र नव–नायिका फिजा योन्जनको अभिनय छ। प्रताप दास र श्रेया सोताङको स्वर रहेको गीतलाई फिलिपिन्सको समुद्रीक तटमा छायाँकन गरिएको निर्माण युनिटले जानकारी गराएको छ।
भासुको शब्द, सङ्गीत रहेको गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्। नेपाल, भारत र फिलिपिन्स गरी तीन देशमा छायाँकन गरिएको फिल्ममा ऋचा थापा, गोपाल ढकाल ९छन्दे०, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङलगायतको अभिनय छ।
https://youtu.be/XTR8mXcguhA
भाष्कर प्रधानको निर्देशन रहेको फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको निर्माण पक्षको भनाई छ। कार्तिक २२ गते नेपाल र त्यसको अघिल्लो शुक्रबार अर्थात् नोभेम्बर १ बाट भारतमा प्रदर्शनमा आउने फिल्म लभ यु हमेशा धर्मा क्रिएशनको ब्यानरमा निर्माण गरिएको हो।
प्रकाशित मिति :भाद्र १८, २०७६ बुधवार -
०६:१५:०३ बजे