गल्छि । धादिङको गल्छि ८ मा भएको दुर्घटना भएको छ । घटनामा २ जना गम्भिर घाईते भएका छन् । स्थानिय नवराज गौतमका अनुसार गल्छीबाट नुवाकोट तर्फ जाँदै गरेको बा १ ज ९८५० नम्बरको माईक्रोबसले ग १ ज ३६१५ नम्बरको माईक्रोबसलाई ठक्कर दिँदा रोकिराखेको बा ४ ख ७७७७ नम्बरको टिपरमा गएर उक्त माईक्रो ठोक्किएको हो ।
२ वटा माईक्रोमा २८ जना सवार थिए । २ जना भने गम्भिर घाईते छन् भने अरुको अवस्था सामान्य छ । गम्भिर घाईते महिला रहेको प्रहरीले जनाएको छ । घाईतेहरुलाई उपचारका लागि काठमाण्डौँ पठाईएको छ ।
२०७६ भदौ १८ गते प्रकाशित