आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

दशैंको अग्रिम टिकट बुकिङ खोल्न यातायात व्यवसायीको बार्गेनिङ

दशैंको अग्रिम टिकट बुकिङ खोल्न यातायात व्यवसायीको बार्गेनिङ

  • 3.6K
    SHARES
  • काठमाडौं । नेपालीहरूको महान् चाड दशैं नजिकिँदै छ । लाखौं नेपाली दशैंमा घर जाने मनस्थितिमा छन् । तर, यातायात व्यवसायीहरूले दशैंका लागि अग्रिम टिकट बुकिङ गर्न बार्गेनिङ गरेको आजका पत्रपत्रिकाहरूले खबर लेखेका छन् । राजधानी दैनिकका अनुसार, यातायात व्यवसायीहरूले टिकट बुकिङअघि भाडा बढाउन प्रस्ताव गरेका छन् । भाडा नबढेको पाँच वर्ष भइसकेको र यस अवधिमा पाटपुर्जा र कर्मचारीको तलब धेरै बढेकाले भाडाको विषयमा बुझिदिन उनीहरूले सरकारसँग आग्रह गरेका छन् । व्यवसायीहरूले यातायात समिति खारेजीपछि नयाँ बस नथपिएकाले व्यवस्थापन कठिन भएको गुनासो पनि गरेका छन् । कारोबार दैनिकका अनुसार, यातायात व्यवसायीहरूले दशैंलाई देखाएर बार्गेनिङ गर्दा टिकट बुकिङमा अन्योलता पैदा भएको छ । बुकिङका विषयलाई लिएर यातायात व्यवसाय राष्ट्रिय महासंघ र सरकारबीच वार्ता भए पनि एक सातापछि बस्नेगरी बिनानिष्कर्ष टुंगिएको समाचारमा उल्लेख छ । २०७६ भदौ १९ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १९, २०७६ बिहिवार - १६:५४:३६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology