आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सेन्चुरी बैँक धार्के शाखाद्धारा महाँकालेश्वरी विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सेन्चुरी बैँक धार्के शाखाद्धारा महाँकालेश्वरी विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

  • 7.1K
    SHARES
  • धादिङ । सेन्चुरी बैँक धार्के शाखाले थाक्रे गाउपालिका वडा नं ८ फोगटपुरमा रहेको महाङकालेश्वरी माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि ६६ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी तिन सय रुपैँया बराबरको शैक्षिक सामाग्री वितरण गरिएको सेन्चुरी बैंकका धार्के शाखा प्रमुख निरञ्जन अधिकारीले बताउनुभयो । बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कक्षा १ देखि १० सम्मका गरीव, जेहेन्दार र चेपाङ जातीका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेपछि उनिहरु खुसी भएका छन् । विद्यार्थीहरुको शिक्षामा केहि सहजता ल्याउन सेन्चुरी बैँकले गरेको काम निकै नै प्रशँसनिय रहेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र आचार्यले बताउनुभयो । कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक बैँकका कमचारी लगायतको सहभागीता रहेको थियो । २०७६ भाद्र २० गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २१, २०७६ शनिवार - ०४:५१:५७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology