आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नुवाकोटमा गेर्खु-चोगते सडक निर्माणका कारण सवारी आवतजावत ठप्प

नुवाकोटमा गेर्खु-चोगते सडक निर्माणका कारण सवारी आवतजावत ठप्प

  • 10.5K
    SHARES
  • नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० र ११ को गेर्खुमा सडक निर्माण कम्पनीका कारण यातायातका साधन गुड्न सकेका छैनन् । यातायातका साधन ठप्प भएसँगै स्थानीय मर्कामा परेका छन । विदुर नगरपालिकाको वडा नं १० फुलबारीदेखि वडा नं ११ को गेर्खु हुँदै सूर्यगढी गाउँपालिकाको वागेश्वरीसम्म जोड्न लागेको गेर्खु–चोगते सडकखण्डको निर्माणका कारण सवारी आवतजावत ठप्प भएको हो । वर्षाको समयमा निर्माण कम्पनीले सडक सरसफाई नगर्दा पैदल हिँड्नसमेत समस्या भएको छ । सडकको अवस्था दयनीय भएपछि स्थानीय सडक निर्माण कम्पनीसँग रुष्ट भएका छन् । २०७५ साल असार २२ गते सडक निर्माणका लागि सम्झौता भएपनि निर्माण कम्पनीको लापरवाहीले गाउँमा यातायातको सम्पर्क टुटेको छ । सडकको ठेक्का संघीय सांसद बहादुरसिंह लामाको हिमडुङ एण्ड थोकर कन्स्ट्रक्सन प्रालिले पाएको छ । ठेक्का पाएका कम्पनीले जगत तामाङ र गणेश लामालाई सव कन्ट्रयाक्टरको रुपमा काम गर्न दिएको छ । सडकको विषयमा निर्माण कम्पनीलाई बारम्बार जानकारी गराउँदा पनि अवरुद्ध सडक मर्मत नगरेको स्थानीयले गुनासो गरेका छन् । २४ महिनाको अवधिमा निर्माण सम्पन्न सक्नुपर्ने यो सडकको लागत २६ करोड ४५ लाख २ हजार २ सय ५३ रुपैयाँ ८९ पैसा रहेको छ । (ईमेज) २०७६ भदौ २१ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २१, २०७६ शनिवार - १९:४६:३८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology