आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

चालकले ट्रयाक्टर घरभित्र छिराए, एक बालकको ज्यान गयो

चालकले ट्रयाक्टर घरभित्र छिराए, एक बालकको ज्यान गयो

  • 6.0K
    SHARES
  • दाङ । आफ्नै घरको आँगनमा बसिरहेका एक बालकको ट्रयाक्टरको ठक्करबाट ज्यान गएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ को भगवती टोलका १३ वर्षीय अनिल विकको ज्यान गएको हो । शनिबार साँझ ७ बजेतिर दिदी र भाइ सँगै घरको आँगनमा बसिरहेका समयमा रक्सीले मातिएका चालकले ट्रयाक्टर घरभित्रै छिराएपछि अनिलको ज्यान गएको थियो । ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शनिबार राति ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । तुलसीपुर–सुकौरा सडक खण्डमा बेलुका ७ बजेतिर अत्याधिक रक्सी सेवन गरेर चलाएको रा १ त २६३१ नम्बरको ट्रयाक्टरले सडक पार गर्दै पश्चिमतर्फ घरभित्रै छिरेको हो । ट्रयाक्टरले घरको सटरसमेत भत्काएको छ । ट्र्याक्टरले ठक्कर दिएपछि भाग्न खोजेका चालक कामी चौधरीलाई पक्राउ गरिएको र उनले अत्याधिक रक्सी सेवन गरेको प्रहरीले जानकारी दिएको छ । २०७६ भाद्र २२ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २२, २०७६ आइतवार - २०:१७:४८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology