काठमाण्डौँ । गायक युवराज कार्कीको नयाँ गीत ‘पिलाएपछि’ सार्वजनिक भएको छ। गीतमा गायक युवराजकै शब्द सङ्गीत सुन्न सकिन्छ।
सार्वजनिक गीतको म्युजिक भिडियोमा ‘बोल माया’ र ‘गलबन्दी’जस्ता गीतमा अभिनय गरेर चर्चा कमाएकी मोडल अन्जली अधिकारीले कम्मर मर्काएकी छिन्।
भिडियोमा अन्जलीसँगै कमल, साया, प्रिन्स लगायत फिचर्ड छन्। विशाल निरौलाको एरेन्ज रहेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन्।
मिलन विश्वकर्मा सम्पादन रहेको गीतको भिडियोमा विक्रम चौहानको कोरियोग्राफी तथा निर्देशन देख्न सकिन्छ।
https://youtu.be/8YRpobBeFyE
२०७६ असोज १ गते प्रकाशित