आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सनराईज बैंक बुढिबजार शाखाको आयोजनामा बृहत रक्तदान हुँदै

सनराईज बैंक बुढिबजार शाखाको आयोजनामा बृहत रक्तदान हुँदै

  • 11.3K
    SHARES
  • पोखरा । सनराईज बैक लिमिटेडले आफ्नो १२ औं वार्षिकउत्सव विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । वार्षिक उत्सवको अवसरमा प्रदेश नं ४ अन्र्तगत सनराईज बैंक बुढिबजार शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरु गरी मनाउने भएको हो । सो अवसरमा बैंकको देशभरीका हरेक शाखा मार्फत विभिन्न सामाजिक कार्यक्रम अन्तर्गत रक्तदान, वृक्षारोपण, स्वस्थ्य शिविर, सरसफाई, वित्तिय साक्षरता कार्यक्रम, छात्रवृत्ति लगायतका कार्यहरु गर्ने भएको छ । विभिन्न कार्यक्रम अन्तर्गत बुढिबजार शाखाले भदौ ५ गते आईतबारका दिन रक्तदान कार्यक्रमको आयोजना गरेको छ । पोखरा महानगरपालिका २६ बुढिबजार मा रहेको बैंकको शाखा कार्यलय परिसरमा सो कार्यक्रम बिहान ८ बजेदेखि हुनेछ । रगतको अभावले कसैले ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरेको शाखाले जनाएको छ । यस्तै प्रदेश ४ का सबै शाखाहरुबाट सामाजिक कार्यक्रमहरु सनराईज बैकले गर्ने र उत्त रक्तदान कार्यक्रममा सम्पुर्ण ग्राहक सुभचिन्तक हरुलाई उपस्थित हुन सनराईज बैक लिमिटेड प्रदेश ४ का प्रमुख श्री रबिन्द्र के. सि ले आग्रह गर्नु भएको छ । सो कार्यक्रमको संयोजन सनराईज बैक लिमिटेड बुढिबजार शाखाका शाखा प्रबन्धक श्री दिनेश कुमार श्रेष्ठले गर्नुभएको छ । २०७६ असोज २ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३, २०७६ शुक्रवार - ०६:०५:१२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology