पोखरा । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा बैंकले पोखरा महानगरपालिकाको बुढीबजारमा १२० औँैँ शाखा गत श्रावण २७ गते संचालनमा ल्याएको थियो ।
शाखा मार्फत लेखनाथ क्षेत्रका ग्राहकलाई सहज बैकिङ्ग सेवा प्रदान गरिने उद्धेश्यका साथ बुढिबजार आसपासका क्षेत्रमा घर दैलो कार्यक्रम सम्पन्न गरेको छ । उतm कार्यक्रममा स्थानियहरुले यस बैंकको आगमनले यस क्षेत्रमा बित्तिय कारोबार निकै सहज भएको धारणा ब्यक्त गरेका थिए ।
सो कार्यक्रममा सनराईज बैक बुढिबजार शाखाले बैंकका बैकिङ सेवा सुविधाहरु जस्तै स्वास्थ विमा, ईलेक्ट्रोनिक बैंकिङ, मोवाईल बैंकिङ, कर्जा , निक्षेप तथा अन्य सेवा सुविधाहरुको बारेमा घर दैलोमै पुगेर जानकारी गराएको थियो ।
हालसम्म सन््राइज बैंकले देशभर १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १३८ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरm संचालन गर्ने योजना रहेको जनाएको छ ।
२०७६ असोज २ गते प्रकाशित