नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत आफु भन्दा जेठी सार्वजनिक भएको छ। मनोज सिग्देल युरेश को शब्द् र संगीतकार दिपक आर्जेको संगीत रहेको यस गीत लाई नेपाल आईडल फेम गायक बुद्ध लामाले गाएका छन्। मनोज सिग्देल (युरेश) को लगानीमा निर्माण भएको भिडियो निकै आर्कषित बनेको छ।
गीतकार सिग्देल र मोडल सम्पदा बानिया लाई फिचर गरिएको यस गीत मोडल तथा गीतकार सिग्देलको डेब्यु गीत हो।
सियोन श्रेष्ठ र युद्ध लामाको कोरियोग्राफीमा तयार भएको यस गीतलाई चक्र बहादुर बराल (बाशु) ले छायांकन गरेका छन् भने सम्पादन बिनोद चौधरीको रहेको छ। गीतलाई कलर समिर मियाले गरेका छन्।
https://youtu.be/1aGyQbqaF5g
२०७६ असोज ०८ गते प्रकाशित