शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको धुनिबेशीमा प्राविधिक स्कुलको उद्घाटन, व्यवसायिक र दक्ष जनशक्ति उत्पादन गरिने

धादिङको धुनिबेशीमा प्राविधिक स्कुलको उद्घाटन, व्यवसायिक र दक्ष जनशक्ति उत्पादन गरिने

  • 8.5K
    SHARES
  • धादिङ (ढकालखोला) । जर्मन सरकारको सहयोगमा निर्माण भएको जर्मन टेक्निकल स्कुलको उद्घाटन गरिएको छ । धुनिबेशी नगरपालिका ५ ढकालखोलामा निर्माण गरिएको उक्त स्कुलको जर्मन उपमन्त्री नोर्बर्ट बार्थले र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सँयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

    images
    images

    जर्मन टेक्निकल स्कुल (जीटीएस) पूर्ण प्रविधियुक्त संस्था हो । शेषकान्त फाउन्डेसनले जर्मन एनजीओ जुकुन्फट फर नेपाल अस्टुर्टेम्बर्ग (जेटएफएन) सँगको सहयोगमा टेक्निकल र भोकेसनल शिक्षा दिने उद्देश्यले धुनिबेसी नगरपालिकामा उक्त स्कुल निर्माण गरेको हो ।

    उक्त स्कुलको मेटल वर्कशप हल जर्मन आर्थिक सहयोग र विकास मन्त्रालयको डेभलोप डी कार्यक्रमअन्तर्गत वित्तीय सहयोगमा निर्माण भएको हो। त्यसमा जर्मन प्रविधि कम्पनी भोइट्थले पनि सघाएको छ। स्कुलले नेपाली युवालाई व्यावसायिक तालिम दिन कोशेढुंगा साबित हुने बताइएको छ।

    यो स्कुलमा युवालाई ४ देखि १२ महिना लामो पाठ्यक्रम पढाईनेछ । तीन वर्ष लामो डिप्लोमा कोर्स पनि स्कुलले सञ्चालन गर्ने कार्यक्रममा बताईएको छ । स्कुलले खासगरी ऊर्जा क्षेत्रमा आवश्यक व्यवसायिक र दक्ष जनशक्ति योगदान हुने आशा गरेको जनाएको छ ।

    प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा शेषकान्त फाउण्डेशनका अध्यक्ष विश्वेश्वर प्रसाद ढकालको अध्यक्षता रहेको थियो भने सँघिय साँसद भुमि त्रिपाठी, जिल्ला समन्वय समितीका प्रमुख जगन्नाथ नेपाल, धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य लगायतको आतित्थ्यता रहेको थियो ।

    २०७६ असोज १७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १८, २०७६ शनिवार - ०१:३७:१२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology