आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङको गल्छीमा भएको दुर्घटनामा एक जनाको मृत्यु

धादिङको गल्छीमा भएको दुर्घटनामा एक जनाको मृत्यु

  • 4.2K
    SHARES
  • धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर-७ खेस्टेखोलामा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बा २ ख ७२८४ नम्बरको माइक्रोबसले बा ४९ प ३०१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोटको विदुर १२ का २३ वर्षीय रामकृष्ण भट्टको मृत्यु भएको हो । ओभरटेक गर्ने क्रममा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    images

    जिल्ला प्रहरी कार्याफयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले मोटरसाइकलको पछाडि बसेका भट्टको उपचारका लागि काठमाण्डौ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जानकारी दिए ।

    दुर्घटनामा सोहि ठाउँका २३ वर्षीय हरिप्रसाद भट्ट घाइते भएका छन् । घाइतेको काठमाण्डौमा रहेको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि माइक्रोबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    २०७६ असोज २४ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :आश्विन २५, २०७६ शनिवार - ०२:२६:५४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology