आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग कात्तिकको पहिलो साता शिलान्यास हुने

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग कात्तिकको पहिलो साता शिलान्यास हुने

  • 5.1K
    SHARES
  • काठमाडौं । काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको थानकोट–नागढुङ्गामा निर्माण हुन लागेको सुरुङमार्गको शिलान्यास कात्तिकको पहिलो साता हुने भएको छ ।

    images

    थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले कातिक ४ गते यस सुरुङमार्गको शिलान्यास कार्यक्रम तय भएको जानकारी दिए । उनका अनुसार यो सुरुङमार्गको पूर्वतर्फको मुख्यद्वार ९पोर्टल०मा प्रधानमन्त्री केपी शर्मा ओलीले यस सुरुङमार्गको शिलान्यास गर्ने भएका छन्।

    यो सुरुङमार्ग निर्माणका लागि भएको सम्झौतापत्रको कपी अन्तिम स्वीकृतिका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०लाई पठाइसकिएको भन्दै उनले अबको दुई दिनभित्र जाइकाको स्वीकृतिपत्र नेपाल आइपुग्ने र स्वीकृतिपत्र आउने निश्चित भएकाले शिलान्यासको कार्यक्रम तय भएको बताए ।

    शिलान्यासका लागि सम्बन्धित सबै तहमा छलफल सुरु भइसकेको उनले बताए । सो शिलान्यास कार्यक्रममा नेपालका लागि जापानी राजदूत, जाइकाका उच्च प्रतिनिधि, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू लगायतको सहभागिता रहने उनले बताए ।

    २०७६ असोज २८ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :आश्विन २८, २०७६ मंगलवार - १७:३४:०६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology