शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नुवाकोटमा केरुङ यातायातको बसले किच्दा बालकको मृत्यु भएपछि... (भिडियो सहित)

नुवाकोटमा केरुङ यातायातको बसले किच्दा बालकको मृत्यु भएपछि... (भिडियो सहित)

  • 7.5K
    SHARES
  • नुवाकोट । नुवाकोटको बट्टार बजारमा बसले किच्दा एक जना बालकको मृत्यु भएको छ । केरुङ यातायात प्रालिको बा ४ ख ७५०४ नम्बरको बसले किच्दा तारकेश्वर गाउँपालिका ५ घर भएका ११ वर्षीय बालक युनिक तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    images
    images

    प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेश थापाले बालकलाई किचेर भाग्न खोजेको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएर तोडफोड गरेको बताएका छन् । मृतकका आफन्तले बसलाई जलाउने प्रयास गरेपछि भिड तितरबितर पार्न प्रहरीले पाँच सेल अश्रुग्यास समेत प्रहार गरेको छ । बसका चालकलाई स्थानीयले कुटेर घाइते बनाएका छन् ।

    भिडियो हेर्नुहोस्....

    https://www.facebook.com/jalapanews/videos/452636722018628/

    भिडियो श्रोत : जालपा न्युज

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३०, २०७६ बिहिवार - ०१:५२:४० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology