आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपाल राष्ट्र बैंकमा अधिकृत र सहायक गरी ६७ जनालाई जागिरको अवसर

नेपाल राष्ट्र बैंकमा अधिकृत र सहायक गरी ६७ जनालाई जागिरको अवसर

  • 7.5K
    SHARES
  • काठमाडौं । नेपाल राष्ट्र बैंकमा अधिकृत र सहायक गरी ६७ जनाका लागि जागिर खुलेको छ। राष्ट्र बैंकले सहायक निर्देशक (अधिकृत तृतीय) २८ जना, सहायक निर्देशक (अधिकृत तृतीय लेखा र लेखापरीक्षण) ८ जना र सहायक द्वितीय ३१ जना माग गरेको हो। सहायक निर्देशकमा आवेदन दिनेले अर्थशास्त्र, वाणिज्यशास्त्र, व्यवस्थापन वा जनप्रशासनमा स्नातकोत्तर परीक्षा पास गरेको हुनुपर्नेछ। यस्तै सहायक निर्देशक (अधिकृत तृतीय लेखा र लेखापरीक्षण)का लागि सिए, सिपिए वा एसिसिए गरी मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर गरेको हुनुपर्नेछ। यस्तै सहायकका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट १०ं२ उत्तिर्ण गरेको हुनुपर्ने राष्ट्र बैंकले प्रशासक गरेको विज्ञापनमा उल्लेख गरेको छ।
    २०७६ कार्तिक ०८ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ८, २०७६ शुक्रवार - १९:४१:४० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology