१८, पौष २०७६
काठमाडौं – सिनेमा ‘आकाशे खेती’को प्रदर्शन मिति पक्का गरिएको छ । ‘आकाशे खेती’लाई निर्माता तथा निर्देशक उदय सुब्बाले निर्देशन गरेका हुन् । नयाँ वर्षको बैशाख २६ गतेबाट प्रदर्शनमा आउने सिनेमा एसएस इन्टरनेशनलको ब्यानरमा निर्माण भएको हो ।
कमेडी कथामा निर्माण भएको सिनेमामा विल्सन विक्रम राई, गौरव पहाडी, नीता ढुङ्गगाना, बुद्धि तामाङ्ग, रविन्द्र झा, रजनी गुरुङ्ग, शिशिर वाङ्देल, उदय सुब्बा, जयनन्द लामा, कृष गुरुङ, अनुप याक्सा, रमा लिम्बु, लक्षु शर्मा, प्रकाश शर्मा लगायतको अभिनय रहनेछ ।
समाजका विभिन्न घटनाक्रमलाई मनोरञ्जनात्मक रुपमा सिनेमामा प्रस्तुत गरिएको निर्देशक सुब्बाले बताए । राजु किरातीको द्धन्द्ध, रामजी लामिछानेको नृत्य रहेको सिनेमाका गीतमा संगीत विकाश चौधरीले तयार पारेका हुन् ।
प्रकाशित मिति :पौष १८, २०७६ शुक्रवार -
००:००:३६ बजे