काठमाण्डौ एक समय नेपाली फिल्ममा एकछत्र राज गरेका अभिनेता विराज भट्टको अभिनय, निर्माण र डेब्यू निर्देशनमा बनेको एक्सन-लभस्टोरी जनरामा निर्मित फिल्म ‘साङ्लो’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता विराजको एक्सनलाई प्राथमिकता दिइएको छ ।
ट्रेलर हेर्दा अभिनेता विराजले ‘साङ्लो’ बाट नेपाली फिल्ममा धमाकेदार कमब्याक गर्नसक्ने देखिन्छ । माघ २४ मा रिलिज हुने फिल्ममा प्रकाश शाह र कामेश्वर चौराशिया नेगेटिभ भूमिकामा छन् । यो फिल्मको कथा शिवम अधिकारीले लेखेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र अर्जुन जिसीको सम्पादन छ । मानकृष्ण महर्जनको छायांकन रहेको ‘साङ्लो’ मा जयनन्द लामा, आर.पि. पन्त, लय संग्रौला, शिशिर भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ ।
अभिनेता भट्टले राम्रो फिल्म बनाउने प्रयास गरेको बताउँदै दर्शकलाई एकपटक हेरिदिन आग्रह गरे ।