शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नाजिरले ल्याए प्रेम गर्ने जन्तर (भिडियो)

नाजिरले ल्याए प्रेम गर्ने जन्तर (भिडियो)

नागरिक पाटी

२७, पौष २०७६
  • 6.8K
    SHARES
  • काठमाडौं ।आजभोलि नायक नाजिर हुसेनलाइ म्युजिक भिडियोमा देखिने क्रम बढ्दो छ, तर अपसोच जतिपनि भिडियो गरे सबैमा उनको प्रेमले असफलता मात्रै हात पारेका छन् । गित भरी प्रेमका लागी नाजिरले राम्रै पापड बेल्न त बेल्छन् तर सफल भने हुन सकेका छैनन् । आश्चर्यको कुरा त के छ भने, प्रेममा सफल नभएता पनि नाजिरका म्युजिक भिडियो भने सफल भएका छन् । यसको मतलव नाजिरलाइ ट्राजीडी फाप्ने त होइन ? यदि त्यसो हो भने उनको हालै सार्वजनिक भएको गितपनि बम्परै हिट होला ? बिगतका उदाहारणहरुले त त्यस्तै देखाउछ | भनि हालौ,हालै नाजिरको अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको बोल छ “ प्रेम गर्ने जन्तर” । यस प्रेम गर्ने जन्तरले नाजिरसरहै प्रेममा असफलता पाएका युवाहरुलाई कत्तिको मद्धत गर्ला त ? त्यो नाजिरले जन्तर बाधेपश्चात थाहा हुने नै छ । भिडियोको संगीत र शब्दको लोक फ्लेवर र गीतको कोरियोग्राफी आकर्षक छ । साथमा नाजिरको बेजोड अभिनय र नृत्य त छदैछ ।नाजिरकासाथ तालमा ताल मिलाई सरुसा महर्जनले कम्मर मर्काएकी छिन् । यस पटक नाजिर नवमोडल सरुसाकै पछि प्रेम पार्ने जन्तर सहित लागि परेका छन् । भिडियोमा नाजिरको प्रेम प्रस्तावका लागि शब्द र संगीतको सिर्जना किरण पहाडीले गरेका छन् । नाजिरको भावलाइ स्वरको स्वरूप दीपक महर्जनले दिएका हुन् । कोरियोग्राफी महेन्द्र निरौला र ब्रिहस्मन सुनुवारको छ । रोशन श्रेष्ठको निर्देशनमा तयार भएको यस गित हरि घले मगरले खिचेका हुन् भने सम्पादन सुरेश बाडेले गरेका छन् । [embed]https://youtu.be/ZtUh3zqM9Sc[/embed]

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २७, २०७६ आइतवार - २३:०३:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology