आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

राष्ट्रिय बाणिज्य बैंकको नयाँ व्याजदर : कस्तो बचतमा कति व्याज ? हेर्नुहोस् !

राष्ट्रिय बाणिज्य बैंकको नयाँ व्याजदर : कस्तो बचतमा कति व्याज ? हेर्नुहोस् !

नागरिक पाटी

१७, माघ २०७६
  • 8.6K
    SHARES
  • काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले बिभिन्न बचत खाताका लागि नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले शुक्रबार एक सुचना जारी गर्दै नयाँ व्याजदर सार्वजनिक गरेको हो । नयाँ व्याजदर माघ १८ गते अर्थात शनिबारदेखि लागू हुने बताइएको छ । बैंकले खातामा रकमको न्यूनतम सिमा तोक्दै व्याजदर निर्धारण गरेको देखिन्छ । बैंकले सामान्य बचत खातामा ४ प्रतिशत व्याज दिने बताएको छ । यस्तै, राष्ट्रिय बाणिज्य बैंक बचत खाता, सुनौलो बचत खाता, डाएमण्ड बचत खाता, कर्मयोगी बचत खातामा, छुनामुना बचत खातामा ६ प्रतिशत व्याज दिने उल्लेख गरेको छ । यस्तै, शिक्षक बचत, नेपाल सरकार पेन्सनर बचत, बैंक पेन्सनर बचत, सामाजिक सुरक्षा बचत, सशस्त्री प्रहरी बचत, प्रहरी बचत, युनिभर्सीटी पेन्सनर बचत, नेपाल दुरसञ्चार पेन्सनर बचत, कृषि अनुसन्धान पेन्सन्र बचत खातामा पनि ६ प्रतिशत व्याज दिइने छ । यस्तै, ६ प्रतिशत नै व्याज पाउने खाता अन्तरगत दीर्घायु बचत खाता, भुकमप पीडित बचत, बैंक कर्मचारी बचत, तलवी बचत, राबा बैंक समृद्धि बचत र छोरी सुरक्षा बचत खाता रहेका छन् । यस्तै, विदेशी मुद्रा बचतमा ०.७५ देखि १.५ प्रतिशतसम्म व्याज दिइने बताइको छ । बिशेष मुद्दती निक्षेप अन्तरगत ३ महिनाको बचतमा ६.५ प्रतिशत व्याज दिइने छ । यस्तै ६ महिनेमा ७ प्रतिशत, १ बर्षेमा ७.२५ प्रतिशत, १८ महिनेमा ७.७५ प्रतिशत, २ बर्षेमा ८ प्रतिशत र ३ बर्षेमा ८.२५ प्रतिशत व्याज दिइने छ । यस्तै, ३७ महिनादेखि ४ बर्षसम्म र ६० महिनेका लागि ८ं.५० प्रतिशत व्याज दिइने छ । यस्तै, बैंकले कर्पोरेट मुद्दती खातामा ६.५० देखि ८.५० प्रतिशतसम्म व्याज दिने छ । यस्तै, गोल्डेन मुद्दती निक्षेपमा पनि ८.५० देखि ९.२५ प्रतिशत व्याज नै दिइनेछ । यस्तै, राष्ट्रिय गौरव आयोजना प्रभावितहरुका लागि ३ महिना देखि २ बर्षसम्मको मुद्दती निक्षेपमा ९.२५ प्रतिशत व्याज दिइने छ । यस्तै, राष्ट्रिय बाणिज्य बैंक प्लयाटिनम मुद्धती निक्षेपमा व्यत्तिगतलाई ९.२५ र संस्थागतलाई ८.५० प्रतिशत व्याज दिइने छ । यस्तै, एनिर्भसरी मुद्दती निक्षेपमा ८.५०, अक्षयकोष मुद्दती निक्षेपमा ८.५० प्रतिशत व्याज दिइने छ । साथै, दीर्घायु मुद्धती निक्षेप ९.२५ प्रतिशत व्याज दिइने छ । - आजको अर्थ

    images
    images
    images
    प्रकाशित मिति :माघ १७, २०७६ शुक्रवार - २२:२६:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology