आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्दै

बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्दै

नागरिक पाटी

२८, बैशाख २०७७
  • 5.9K
    SHARES
  • काठमाण्डौँ । आजदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका सबै शाखा खुल्दै छन् । नेपाल सरकार मन्त्रिपरिषद्को यही वैशाख २४ गतेको निर्णयअनुसार आज (आइतबार) देखि सबै बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्दै छन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । यसैबीच नेपाल बैंकर्स सङ्घले पनि सबै बैंकका सम्पूर्ण शाखा खोल्न आग्रह गरेको छ। एक पटकमा शाखा कार्यालयमा पाँच जनाभन्दा बढी सेवाग्राहीलाई प्रवेश नदिने, मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षाका सामग्री बैंकका कर्मचारी र सेवाग्राहीका लागिसमेत अनिवार्य गरिएको छ। सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण बढ्न नदिन ‘लकडाउन’ घोषणा गरेसँगै बैंक तथा वित्तीय संस्था आंशिक रुपमा खुलेका थिए।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २८, २०७७ आइतवार - १६:११:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology