शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

लकडाउन खुलेपछि फेरीएको अवस्था, (हेर्नुहोस् कमेडी भिडियो)

लकडाउन खुलेपछि फेरीएको अवस्था, (हेर्नुहोस् कमेडी भिडियो)

नागरिक पाटी

२८, बैशाख २०७७
  • 6.7K
    SHARES
  • धादिङ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको अवधि बढ्दै जाँदा समाजमा विभिन्न खाले समस्याहरु पनि देखिन थालेका छन् । लकडाउन खुल्ला र रोजगारीमा फर्कौंला, पसल व्यापार चलाउँदा, बन्द रहेको कार्यालय खोलौंला भनेर आस गरिरहेका मध्यम वर्गिय समुदाय मा अहिले कस्तो मनोदशामा होलान । डेढ महिनादेखि जारी रहेको लकडाउनको कारण निश्चित आयश्रोत नभएका शहर तथा गाउँघरका नागरिक सबैभन्दा बढि प्रताडित हुन पुगेको तितो यथार्थलाई हांस्यकलाकार सुदिप खतिवडाले चेतनामूलक कमेडी भिडियो मार्फत सार्वजनिक गरेका छन् । एस जोडी नामबाट हांस्यक्षेत्रमा स्थापित हुंदै गरेका खतिवडाले लकडाउनको अवधिमा निम्न आय भएका व्यक्तिले भोगिरहेको यथार्थलाई भिडियो मार्फत देखाएका हुन । केथ्रि मिडियाको युट्युब च्यानल मार्फत शनिवार सो कमेडी भिडियो रिलिज भएको हो । केथ्रि मिडियाद्धारा तयार पारिएको कमेडी भिडियाको कथा लेखन सुदिपको हो भने निर्माता राजाराम खतिवडा र छायाँकन तथा सम्पादन सुसन खतिवडा मिस्टर दारीले गरेका छन । भिडियोमा सुदिप खतिवडाका साथमा राजाराम खतिवडा, विकास अर्याल (विकजोन), सिमा गिरी, मिना भण्डारी, सुसन खतिवडा( मिस्टर दारी),सन्तोष खतिवडा, रुपेन्द्र खतिवडाको मुख्य अभिनय रहेको छ । त्यसै गरि सहायक भूमिकामा आकाश गिरी, बिज्ञान भुजेल,उज्वल आचार्य, नारायण गिरी, दिपेश खतिवडा, सिमोन माझि,मिरा तुलाधर, आकार गिरी, सुरज गिरी, इश्वर आचार्य, प्रदिप दहाल र रमिशा खतिवडाले अभिनय गरेका छन् । खुल्दुली, सक्किगोनी लगायतका हाँस्य टेलिसिरियल तथा देश विदेशका मेला महोत्सवमा गएर शशक्त अभिनय गर्दै आईरहेका सुदिपले लकडाउनको अवधिमा यस अघि तीन वटा सन्देशमुलक भिडियो सार्वजनिक गरिसकेका छन् । स्थानीय श्रोत साधन र जनशक्तिलाई प्रयोग गरेर खतिवडाले चेतनामूलक भिडियो रिजिल गर्दै आईरहेका छन ।धादिङ न्यूजको सहयोगमा हेर्नुहोस् कमेडी भिडियो https://youtu.be/cyo2pFTElgk

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २८, २०७७ आइतवार - १९:४०:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology