आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पर्यटन क्षेत्रलाई नजिकबाट नियालेका सुधिर अहिले लिलि फुलसंग रम्दै

पर्यटन क्षेत्रलाई नजिकबाट नियालेका सुधिर अहिले लिलि फुलसंग रम्दै

नागरिक पाटी

४, जेठ २०७७
  • 11.1K
    SHARES
  • धादिङ । एक दर्शक पर्यटकीय राजधानी ठमलेमा व्यापार गरेर पर्यटन क्षेत्रलाई नजिकबाट नियालेका सुधिर खतिवडा अहिले पर्यटनको अर्को एक विधा फुल खेतीमा रमाई रहेकाछन् । धादिङ जिल्लामा पर्ने पृथ्वी राजमार्गको बाङ्गे मोडकोे उत्तरपट्टि अवस्थित सिद्धलेक गाँउपालिका वडा नं. ७ अमिलिटारमा सात रोपनी जग्गामा ७० हजार तरवार लिलि फुल लगाएर फुलसंगै खेलिरहेकाछन् । २०६२ सालदेखि २०७२ सालसम्म पर्यटकीय क्षेत्रमा “पर्टकलाई नेपालीपनका सामानहरुको व्यापार र यूरोप सामान निर्यात” गरे । विनाशकारी भुकम्प पश्चात व्यापार खस्क्यो । अनि व्यापार छोडेर बसेको थिए । छ महिना यूरोप बसे । तरपनि आफ्नै देश प्यारो लाग्यो । फर्के र आफ्नै भुमीमा फुल लगाएर फुलसंगै रमाउन पुगे । आफ्नो पैतृक भुमीमा फुल फुलाउने सपना सुधिरले सुनाए । फुलखेती पर्यटन क्षेत्रकै अर्को रुप हो । ट्राभल एजेन्सी र ट्रेकिङ एजेन्सीले आफ्ना विदेशी पाहुनाहरुलाई स्वागत गर्न र विदाई गर्न फुल तथा बुकी प्रायः अनिर्वाय जस्तै छ । पर्यटकलाई खुशी र आनन्द दिनु एजेन्सीहरुको दायित्व पनि हो । नेपालको फुलले मात्र नपुगेर भारतबाट समेत आयत गर्नु परेको छ । त्यसैले राजधानी बाहिर आएर फुल खेती गरेको छु । काठमाण्डौ नजिक र राजमार्गको छेउमै आफ्नो जग्गा भएर पनि फुल खेती गर्न सहज छ । तर सिंचाई गर्न पानी छैन । यस वर्ष पानी परिरहेकाले सिंचाई गर्न सजिलो भएको छ । पुलको पात तरवार जस्तो हुने भएर तरवार लिलि भनिन्छ । यो बहु वर्षे जातको फुल हो । यसको गानोबाट नयाँ विरुवा निस्कन्छ । ५० हजार विरुवा काठमाण्डौमा तयारी अवस्थमा सुनाउदै उने भने पैसा लगानी गरेर पैसा कमाउने हो । तर फुल खेती शोख भएकाले लगानी नउठेपनि विस्मत छैन खतिवडाले भने । अहिलेसम्म १० लाख भन्दा बढी लगानी भईसकेको छ । अझ लगानी गर्नु पर्ने छ । अहिले सात रंगका फुलहरु फुलिरहेकाछन् । लकडाउनले विश्वका मानिस घर भित्रै बसिरहेको छन । यो सिजनको फुल बोटमै सुक्ने हो । पर्यटक र यो फुलको भेट हुदैन भन्छन् सुधिर । विवाह तथा व्रतवन्ध मण्डप गाडी, सभासमारोह स्थल सजाउन र वलकम गर्न प्रयोग हुने फुल प्रति गोटा १० देखि १४ रुपयाँसम्म सोलसेलमा विक्ने खतिवडाले बताए । खानेपानीकै आभव भएको सुख्खा अमिलिटारमा फुल खेती गर्न शुरु गर्दा सवैले मलाई गाली गर्थे । अहिले वारीभरी फुलेको फुल देखाउन भेटेजतिका मानिसहरुलाई निम्नो दिन्छु र आएकालाई वारीमा लगे फुल को महत्व र फुल खेतीको वारेमा बताउने गरेको सुधिरले बताए । आफ्नै पाखापखेरोमा र्सिजनशिल काम काम गरे काम गर्नका लागि विदेश जानु नपर्ने सुधिर बताए ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ ४, २०७७ आइतवार - २१:३०:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology