शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बाँके बस दुर्घटनामा ज्यान गुमाउने सबै १२ जनाको सनाखत

बाँके बस दुर्घटनामा ज्यान गुमाउने सबै १२ जनाको सनाखत

नागरिक पाटी

२०, जेठ २०७७
  • 10.8K
    SHARES
  • बाँके बस दुर्घटनामा ज्यान गुमाउने सबै १२ जनाको सनाखत

    काठमाडौं । बाँकेमा गए राति भएको सवारी दुर्घटनामा ज्यान गुमाउने सबै १२ को सनाखत भएको छ। दुर्घटना राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा भएको थियो। नेपालगञ्जको जमुनाहा नाकाबाट सल्यानतर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी अगैयामा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा १२ जनाको ज्यान गएको थियो।

    images
    images

    मृत्यु हुनेमा ठेगाना नखुलेका निमबहादुर ओली, रोल्पा थवाङ–३ का देउवीर विक, बुद्धिराम विक, भीमबहादुर विक र नरेन्द्र विक छन्।

    यस्तै रोल्पा रुन्चेगढी–६ का मोहनचन्द्र विक, दाङ राजपुर– ६ का रामकुमार पुन, पूर्णबहादुर पुन, सीता पुन छन्। चालक गुराँस गाउँपालिका–४ दैलेखका दानबहादुर खड्का र सहचालक वीरेन्द्रनगर–३ तातापानी सुर्खेतका पवन भण्डारी छन्।

    ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोकिएर दुर्घटना भएको थियो। भारतको रुपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकालाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको गाडी करिब १२ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

    चालक र सहचालक गरी ३२ जना सवार उक्त गाडीमा २० जना घाइते भएका छन्। उनीहरुको नेपालगन्जमा उपचार भइरहेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २०, २०७७ मंगलवार - ०२:५९:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology