आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

लकडाउनका बेला कर तिर्न ताकेता, व्यवसायी समस्यामा

लकडाउनका बेला कर तिर्न ताकेता, व्यवसायी समस्यामा

नागरिक पाटी

२१, जेठ २०७७
  • 6.5K
    SHARES
  • लकडाउनका बेला कर तिर्न ताकेता, व्यवसायी समस्यामा

    काठमाडौं। लकडाउन जेठ ३२ गतेसम्म निरन्तरता दिएको सरकारले कर भने जेठ २५ गतेभित्र तिर्न ताकेता गरेको छ ।

    images

    लकडाउन सुरु भएपछि आर्थिक कारोबार ठप्पप्रायः छ । दाल, चामल, औषधिलगायत ४४ प्रकारका उद्योग सञ्चालन गर्न अनुमति दिए पनि प्रायस् उद्योग व्यवसाय बन्द छन् । कर कार्यालय गएर लाइन लागेर कर बुझाउने परिस्थिति पनि छैन । आन्तरिक राजस्व विभागले भने जेठ २५ सम्म कर तिर्न सूचना निकालेको छ । व्यवसाय सञ्चालनरघर बाहिर निस्कन प्रतिबन्ध गरेको सरकारले कर तिर्न सूचना निकाल्नु अव्यावहारिक भएको उद्योगीहरू बताउँछन् ।

    ‘लकडाउन ३२ गतेसम्म भने पनि जेठ २५ भित्र कर तिर्न सूचना जारी गर्नु व्यावहारिक छैन,’ उद्योग परिसंघका अध्यक्ष सतीश मोरले भने, ‘जिल्लाको हकमा झनै समस्या छ ।’ अहिलेको विशेष परिस्थितिमा नियम–कानुन दुई–तीन वर्ष थाती राख्नुपर्ने उनको भनाइ छ ।

    श्रमिकलाई व्यवस्थापन गर्न नसक्ने अवस्थामा रहेका उद्योगी व्यवसायीले तत्काल कर तिर्न सम्भव नभएको उनले बताए । ‘अत्यावश्यक उद्योग पनि राम्रोसँग चलेका छैनन् । श्रमिक व्यवस्थापनमा समस्या उस्तै छ,’ उनले भने, ‘कर तिर्ने समय केही पर सारेर लगानीमा केन्द्रित हुनुको विकल्प छैन ।’

    विभागले सूचना निकालेपछि करका विषयमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलगायतले छलफल गरेका थिए । त्यस क्रममा अर्थ मन्त्रालयसँग बुझेर निर्णय गर्ने आश्वासन पाएको अध्यक्ष मोरले बताएका छन् ।

    उद्योगी व्यवसायीसँगै बैंकिङ प्रणाली पनि पूर्ण रूपमा चलेको छैन । डिजिटल प्रणाली चुस्त छैन । यस्तो अवस्थामा २५ गतेभित्र कर सम्भव नभएको चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले बताएका छन् ।

     

    images
    images
    images
    प्रकाशित मिति :जेठ २१, २०७७ बुधवार - १५:२०:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology