शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा कोरोना संक्रमित संख्या २ लाख माथी , एकैदिन २ सय २१ जनाको मृत्यु

भारतमा कोरोना संक्रमित संख्या २ लाख माथी , एकैदिन २ सय २१ जनाको मृत्यु

नागरिक पाटी

२१, जेठ २०७७
  • 5.1K
    SHARES
  • भारतमा कोरोना संक्रमित संख्या २ लाख माथी , एकैदिन २ सय २१ जनाको मृत्यु

    काठमाडौं,। कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणको लहर तीव्र बन्दै गएपछि अहिले भारत एसियाकै महामारी केन्द्र बनिरहेको छ । एसियाली देशहरूमा सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।

    images
    images

    भारतमा पछिल्लो समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएको छ । त्यहाँ हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएपछि स्थिति नियन्त्रणबाहिर जाने चिन्ता थपिएको छ । यससँगै भारत सरकारले संक्रमण नियन्त्रण गर्ने लक्ष्यसहित विगत ३ महिनादेखि जारी लकडाउन बढाएर थप १ महिना लम्ब्याएको छ ।

    भारतमा मंगलबार एकैदिन हालसम्मकै सर्वाधिक संख्यामा कोरोना संक्रमित पुष्टि भएका छन् । मंगलबार मात्रै त्यहाँ ८ हजार ८२१ नयाँ संक्रमित फेला परेको छ भने २ सय २१ जनाको मृत्यु भएको वर्ल्डो मिटर्सले जनाएको छ ।

    यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ८ सय २९ पुगेको छ भने संक्रमितको संख्या २ लाख ७ हजार १९१ पुगेको छ । कोरोना संक्रमणका हिसाबले अहिले भारत एसियाकै १ नम्बरमा रहेको छ भने विश्वकै सातौँ नम्बरमा छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २१, २०७७ बुधवार - १५:५१:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology