शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युपछि ४० सहरमा कर्फ्यू

अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युपछि ४० सहरमा कर्फ्यू

नागरिक पाटी

२१, जेठ २०७७
  • 4.7K
    SHARES
  • अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युपछि ४० सहरमा कर्फ्यू

    काठमाडौं । अश्वेत नागरिकको मृत्युपछि उत्पन्न परिस्थितिलाई नियन्त्रण गर्न अमेरिकाले ४० सहरमा कर्फ्यू लगाएको छ । अफ्रिकी मूलका एक जना अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युपछि रंग विभेदको विरुद्ध अमेरिकाका लाखौं नागरिक आन्दोलनमा उत्रिएका छन् ।

    images
    images

    जसले गर्दा स्थिति तनावग्रस्त बनेको छ भने २ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकाको मुख्य सहरहरुमा प्रदर्शन बढ्दै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रहरी र सेना परिचालन गर्ने बताएका छन् ।

    अफ्रिकाबाट अमेरिका आएका जर्जको मिनियापोलिस सहरमा त्यहाँका प्रहरीले गत मे २५ मा घुडाले गर्दन थिच्दा मृत्यु भएको जर्जका पारिवारिक स्रोतले बताएको छ । एजेन्सी

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २१, २०७७ बुधवार - २०:०३:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology