काठमाण्डौ । भक्तपुरमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। भक्तपुर महानगरिय प्रहरी परिसरका डीएसपी दिपक गिरीका अनुसार भक्तपुर ब्यासीबाट झौखेलतर्फ जाँदै गरेको बा ५ ख ३११ नम्बरको मिनी ट्रक हिजो आइतबार राति सडकबाट खोलामा झरेको हो। चाँगुनारायण नगरपालिका(३, झौखेलमा भएको दुर्घटनामा ट्रकका चालक स्थानीय ३५ वर्षीय नवराज लाछिवाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।