आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सरकारले समन्वय गर्न नसक्दा विदेशबाट फर्काउने प्रक्रिया अलपत्र

सरकारले समन्वय गर्न नसक्दा विदेशबाट फर्काउने प्रक्रिया अलपत्र

नागरिक पाटी

२७, जेठ २०७७
  • 7.8K
    SHARES
  • सरकारले समन्वय गर्न नसक्दा विदेशबाट फर्काउने प्रक्रिया अलपत्र

    काठमाडौं । विदेशस्थित कूटनीतिक नियोग र अन्तरमन्त्रालय समन्वय नहुँदा विदेशमा रहेका नेपाली फर्काउने प्रक्रिया अलपत्र परेको छ। एक खेप नेपाली युनाईटेड अरब इमिरेट्स ९युएई० र म्यानबारबाट आएपछि दैनिक पाँच उडानमा नेपाल फर्काउने भनेको सरकार दुई दिन भयो फर्काउन सकेको छैन।

    images

    कुवेत र मलेसियाबाट नेपाल ल्याउने विषय स्पष्ट हुन सकेको छैन्। अहिले संकलित आवेदनको आधारमा नै सरकारले तत्काल २४ हजार १ सय ४८ जनालाई ३१ फरक९फरक उडानबाट नेपाल ल्याउनु पर्नेछ। नेपाल फर्कन चाहेनको संख्या ५६ हजार ९३ छ। पहिलो चरणमा ३१ उडानबाट ल्याउने भनिए पनि उडान कसरी र कसको रायमा गर्ने भन्ने अन्यौल छ। पहिलो चरणमा प्रत्येक दिन पाँचदेखि सात उडानमा उनीहरूलाई ल्याउने र दोस्रो चरणमा नियोगहरूको प्राथमिकताको आधारमा निर्धारण गर्ने भनिएको छ।

    कुवेतले बिना भिसालाई आफैं नेपाल फर्काउने भने पनि सरकारले त्यसमा समन्वय गर्न नसक्दा समस्या उत्पन्न भएको दूतावास स्रोतले बतायो। त्यस्तै युएईबाट ल्याउने विषयमा भाडाको कुरा मिलिरहेको छैन। यसको कारण कमिसन रहेको बताइएको छ। कुवेतले सरकारले चार्टर गरेर पठाउने उडानको ग्राउण्ड ह्याण्डलिङ खर्चदेखि यहाँको समन्वयको विषयमा अलमलमा परेका हुन्। रोजगारदाता कम्पनीले खर्च गरेर कामदार पठाउने हुनाले सरकारले भनेको र तोकेको भाडा भन्दा फरक पर्ने भएपछि त्यसमा पनि सरकारी संयन्त्रले अलमल गराएको धारणा परराष्ट्र अधिकारीले बताए।

    परराष्ट्रले डाटा संकलनको काम गर्छ भने त्यसको ब्यवस्थापन नेपाली सेनाले गर्छ। तर ल्याउने काम सिधा प्रधानमन्त्री कार्यालयको समन्वयमा नागरिक उड्यान मन्त्रालयले गर्ने हुनाले यसमा केही समस्या देखिएको हुनसक्ने ति अधिकारीले बताए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ २७, २०७७ मंगलवार - ०८:४३:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology