शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

उपत्यकामा एकै दिन चार हजार सवारी कारवाहीमा

उपत्यकामा एकै दिन चार हजार सवारी कारवाहीमा

नागरिक पाटी

२७, जेठ २०७७
  • 12.3K
    SHARES
  • उपत्यकामा एकै दिन चार हजार सवारी कारवाहीमा

    काठमाडौं । कोभिड–१९ संक्रमण रोक्न सरकारले घोषणा गरेको बन्दाबन्दी उल्लङ्घन गर्नेविरुद्ध महानगरीय ट्राफिक प्रहरीले थप कडाइ गर्न थालेको छ । बिना काम, बिना पास र अत्यावश्यक कामबाहेक सवारी साधन चलाउने उपर जाँचलाई तीव्र पार्दै प्रहरीले थप कडाइ गरी कारवाही थालेको छ ।

    images
    images

    मंगलबार मात्रै काठमाडौं उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने तीन हजार ६४७ दुईपाङ्ग्रे र ४६० चारपाङ्ग्रे गरी जम्मा चार हजार १०७ सवारी नियन्त्रणमा लिई चालकलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

    प्रहरीले लकडाउन खुकुलो भन्ने गलत कुराको पछाडि नलाग्न, कुनै पनि हल्ला, भ्रममा नपर्न र लकडाउनको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन महाशाखाका प्रमुख ढकालले अनुरोधसमेत गरेका छन् ।

    लकडाउनमा बिना काम बाहिर ननिस्कन र घरमै बसेर कोरोनाबाट बच्न गरिएको आग्रह लत्याउँदै बिना काम बजार घुम्न, आफन्त भेट्न र रमाइलो गर्न निस्कने र पास नलिई सवारी चलाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

    ट्राफिक प्रहरीका अनुसार काठमाडौँ उपत्यकामा चैत ११ गतेदेखि मंगलबारसम्म लकडाउन उल्लङ्घन गर्ने ६१ हजार ४०६ सवारी साधन नियन्त्रणमा लिएर चालकलाई कारवाही गरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २७, २०७७ मंगलवार - २०:५८:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology