शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कालिकोट दुर्घटनामा ३१ को जीवितै उद्धार, २ को मृत्यु, ६ जना वेपत्ता

कालिकोट दुर्घटनामा ३१ को जीवितै उद्धार, २ को मृत्यु, ६ जना वेपत्ता

नागरिक पाटी

२८, जेठ २०७७
  • 9.5K
    SHARES
  • कालिकोट दुर्घटनामा ३१ को जीवितै उद्धार, २ को मृत्यु, ६ जना वेपत्ता

    काठमाण्डौं । कालिकोटमा भएको टिप्पर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । यस्तै ६ जना वेपत्ता भएका छन् । आज बुधबार बिहान भारतबाट आएकाहरुलाई क्वारेन्टाइनतर्फ लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिप्पर लालीघाटको भीरबाट कर्णाली नदीमा खसेको थियो ।

    images
    images

    कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार ३९ जना यात्रु बोकेर टिप्पर रास्कोटतर्फ जाँदै थियो । दुर्घटनामा नदीमा बगेका ३१ जनालाई जीवितै उद्धार गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

    यस्तै दुई जनाको शव भेटिएको र बाँकी ६ वेपत्ता भएको र खोजी भइरहेको बताइएको छ मन्त्रालयले जनाएको छ । । यस्तै घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाउने तयारी भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए ।

    उद्धार गरिएका मध्ये चार जना गम्भीर घाइते छन् । यसैबीच मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा भएको दुर्घटनाले दुखिदु तुल्याएको भन्दै मुख्यमन्त्री शाहीले घाइतेको उपचार र वेपत्ताको खोजीका लागि सबै संयन्त्र परिचालन गरिएको जानकारी दिएकां छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २८, २०७७ बुधवार - १३:१०:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology