शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काठमाण्डौंमा आज जोर नम्बरका सवारी चल्न पाउने, एक जिल्लाबाट अर्कोमा जान नपाइने

काठमाण्डौंमा आज जोर नम्बरका सवारी चल्न पाउने, एक जिल्लाबाट अर्कोमा जान नपाइने

नागरिक पाटी

३०, जेठ २०७७
  • 10.5K
    SHARES
  • काठमाण्डौंमा आज जोर नम्बरका सवारी चल्न पाउने, एक जिल्लाबाट अर्कोमा जान नपाइने

    काठमाडौं । करिब तीनमहिनादेखि लकडाउनमा रहेका नेपालीलाई केही राहत मिलेको छ । सरकारको निर्णयअनुसार आजदेखि जोर बिजोर प्रणाली लागु भएको छ । यो व्यवस्था मुलुकभर कायम रहनेछ ।

    images
    images

    तर निर्णयअनुसार एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइनेछैन । काठमाडौं, ललितपुर र भक्तपुरलाई भने एउटा जिल्ला मानि यो व्यवस्था कायम गरिएको छ । यी तीनजिल्लाभित्र भने आवतजावत गर्न पाइनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार जोर गतेका दिन जोर नम्बर र बिजोर गतेका दिन बिजोर नम्बर चलाउन पाइनेछ ।

    चारपाङ्ग्रे सवारीमा चालकसहित तीनजना र दुई पाङ्ग्रेमा एकजना मात्रै राखेर सञ्चालन गर्नुपर्नेछ । यसअघि पास लिएर सञ्चालनमा रहेका सवारी साधनलाई पनि जोर बिजोर प्रणाली लागु हुनेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३०, २०७७ शुक्रवार - ०७:२६:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology