शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाको गम्भीर बिरामी भएका मानिसको ज्यान बचाउने औषधिको पहिचान

कोरोनाको गम्भीर बिरामी भएका मानिसको ज्यान बचाउने औषधिको पहिचान

नागरिक पाटी

२, आषाढ २०७७
  • 8.7K
    SHARES
  • कोरोनाको गम्भीर बिरामी भएका मानिसको ज्यान बचाउने औषधिको पहिचान

    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट गम्भीर बिरामी भएका मानिसको ज्यान बचाउने औषधिको पहिचान भएको छ। डेस्कामेथासोन नामक औषधिको प्रयोगबाट कोरोना भाइरसबाट ग्रसित बिरामी निको हुने एक अध्ययनले देखाएको छ। सस्तो र सहजै उपलब्ध हुने यस औषधिले कोरोना भाइरसबाट संक्रमित गम्भीर बिरामीको ज्यान बचाउनेछ। ब्रिटेनका विज्ञहरु यसलाई कोरोनाविरुद्धको लडाइनमा प्राप्त भएको ठूलो सफलताका रुपमा अर्थ्याएको बीबीसीले जनाएको छ। यो औषधिले भेन्टिलेटरमा राखेको बिरामीको मृत्युको जोखिम एक तिहाइले घटाएको छ। अक्सिजन दिनुपर्ने अवस्थामा पुगेका पाँच बिरामी मध्ये चारलाई यो औषधिले निको हुने समचारमा जनाइएको छ।

    images
    images

    अनुसन्धानकर्ताले ब्रिटेनमा कोरोना भाइरसको संक्रमणबाट सुरुवातदेखि अहिलेसम्म ५ हजार मानिसको ज्यान बचाउन यही औषधिको प्रयोग गरेको दाबी गरेका छन्। यो औषधि निकै सस्तो भएकाले कोरोनाका धेरै संक्रमति रहेका गरिब देशले समेत धेरै फाइदा लिनसक्ने बताइएको छ।

    कोरोना भाइरसका २० मध्ये १९ बिरामी अस्पताल भर्ती नभइ ठिक हुने गरेका छन्। जो अस्पतालमा भर्ती हुन्छन्, उनीमध्ये अधिकांश पनि ठिक हुन्छ। तर, केहीलाई भने अक्सिजन वा मेकानिकल भेन्टिलेसनको आवश्यकता पर्छ। ती उच्च जोखिममा रहेका बिरामीलाई डेस्कामेथासोन औषधि प्रभावकारी हुने विशेषज्ञहरुको भनाइ छ।

    यो औषधिको प्रयोग पहिलेदेखि नै शरिर सुन्निएको कम गर्नको लागि प्रयोग गरिने गरिएको थियो। अब यसले कोरोनाका कारण हुने मानविय क्षेति कम गर्न सहयोग गर्ने अनुमान गरिएको छ। जब शरिरको प्रतिरक्षा प्रणाली ओभरड्राइभमा जान्छ, तब यो औषधिले कोरोना भाइरसँग लड्न सहयोग गर्ने अनुसन्धानकर्ताको दाबी छ। यो औषधिको परीक्षण अक्सफोर्ड युनिभसिर्टीको टिमले लगभग २ हजार अस्पतालमा गरेको थियो।

    भेन्टिलेटरमा राखिएको बिरामीमा यो ओषधि प्रयोग गर्दा मृत्युको जोखिम २८ देखि ४० प्रतिशतसम्म कम गरेको थियो। यस्तै अक्सिजनको आवश्यकता पर्ने बिरामीको जोखिम २० देखि २५ प्रतिशतसम्म कम भएको देखिएको छ। मुख्य जाँचकर्ता प्रोफेसर पिटर हार्बीले भनेका छन्, ‘यो अहिलेसम्मको एउटा मात्रै औषधि हो, जसले मृत्युदर कम गर्न सक्षम भएको छ। यसले राम्रो काम गरेको छ, यो एक ठूलो सफलता हो।’

    अर्का शोधकर्ता प्रोफेसर मार्टिन ल्यान्ड्रले भनेका छन् कि भेन्टिलेटरमा उपचाररत हरेक आठ बिरामीमा एक जनाको जीवन बचाउन सकिन्छ। अक्सिजन दिएर उपचार गरिएका बिरामीका लागि यो औषधिको प्रयोग गरेर उपचार गर्दा २५ जनामा एक जनाको ज्यान बचाउन सकिन्छ। - बीबीसी

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २, २०७७ मंगलवार - १९:३०:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology