शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विश्वभर कोरोनाबाट ८१ लाख ४५ हजार संक्रमित, ४ लाख ४० हजार माथीको मृत्यु

विश्वभर कोरोनाबाट ८१ लाख ४५ हजार संक्रमित, ४ लाख ४० हजार माथीको मृत्यु

नागरिक पाटी

३, आषाढ २०७७
  • 8.0K
    SHARES
  • विश्वभर कोरोनाबाट ८१ लाख ४५ हजार संक्रमित, ४ लाख ४० हजार माथीको मृत्यु

    काठमाडौं । विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८१ लाख ४५ हजार ४७ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक २१ लाख ३४ हजार ९ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ।

    images
    images


    त्यस्तै, ब्राजिलमा ९ लाख २३ हजार १ सय ८९, रुसमा ५ लाख ४४ हजार ७ सय २५, भारतमा ३ लाख ४३ हजार ९१, बेलायतमा २ लाख ९९ हजार ६ सय जनामा संक्रमण पुष्टि भएको छ।

    विश्वभर ४ लाख ४० हजार ६ सय कोरोना संक्रमितको मृत्यु भइसकेको छमृत्यु हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक १ लाख १६ हजार ८ सय ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

     

    त्यस्तै, ब्राजिलमा ४५ हजार २ सय ४१, बेलायतमा ४२ हजार ५४, इटालीमा ३४ हजार ४ सय ५ जनाको मृत्यु भएको छ।
    विश्वभर ३९ लाख ३९ हजार २ सय ८ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक ५ लाख ८३ हजार ५ सय ३ जना छ।

    त्यस्तै, ब्राजिलमा ४ लाख ८७ हजार ४४, रुसमा २ लाख ९३ हजार ७ सय ८० जना संक्रमणमुक्त भएका छन्। नेपालमा पनि ६ हजार ५ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये १ हजार १ सय ५८ जना संक्रमणमुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ३, २०७७ बुधवार - ०७:०७:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology