शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सुशान्तको घरबाट प्रहरीले बरामद गर्‍यो पाँच डायरी, यसैको आधारमा थप अनुसन्धान हुने

सुशान्तको घरबाट प्रहरीले बरामद गर्‍यो पाँच डायरी, यसैको आधारमा थप अनुसन्धान हुने

नागरिक पाटी

४, आषाढ २०७७
  • 8.4K
    SHARES
  • सुशान्तको घरबाट प्रहरीले बरामद गर्‍यो पाँच डायरी, यसैको आधारमा थप अनुसन्धान हुने

    एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूत जुन १४ मा बान्द्रास्थित आफ्नै घरमा मृत भेटिए। उनको अचानक मृत्युले धेरैलाई चकित पारेको छ। पोस्टमार्टम रिपोर्टले उनको झुण्डिएको कारण मृत्यु भएको प्रमाणित भएको छ।

    images
    images

    अहिले घटनाको ४ दिनपछि पनि मुम्बई प्रहरीले अनुसन्धान गरिरहेको छ। हालै सार्वजनिक खबर अनुसार सुशान्तको घरबाट पाँचओटा डायरी बरामद भएका छन्। यसैको आधारमा अनुसन्धान हुने प्रहरीले जनाएको छ।

    हालै सुशान्तको प्रदर्शन भइनसकेको चलचित्र ‘दिन बेचारा’ का निर्देशक मुकेश चाबरालाई बयानको लागि प्रहरी कार्यलयमा उपस्थित गराइएको छ। चाबराले प्रहरीलाई सुशान्तलाई ‘राबता’ चलचित्रमा काम गर्दादेखि चिनेको र अन्तिमपल्ट चाबराको जन्मदिनको बेलामा कुराकानी भएको बताएका छन्।

    यस्तै सुशान्तको प्रेमिका भनेर चिनिने रिहा चक्रवर्तीलाई पनि बान्द्रा प्रहरी चौकीमा देखिएको छ। उनी त्यहाँ बयान दिन गएकी थिइन। यस्तै प्रहरीले राजपूतको परिवार, चिकित्सक, व्यवस्थापक, सहयोगी र साथी लगायत १० जनाको बयान लिने तयारी गरेको छ।

    यस्तै सुशान्त सिंह राजपूतको अस्थी बिहिबार गंगामा बिसर्जन गरिएको छ। सुशान्तका बाबा, सुशान्तका दुई दिदीबहिनी गंगामा अस्थि बगाउन गएका थिए।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ४, २०७७ बिहिवार - १९:४२:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology