धादिङ । धादिङ जिल्लामा २ जना कोरोना भाईरस संक्रमित थपिएको छ । यो संगै संक्रमितको संख्या ९४ जना पुगेको छ । नीलकण्ठ नगरपालीकाका स्वास्थ्य संयोजक विष्णु रिजालका अनुसार पुष्टि भएका संक्रमित धुँवाकोटका २९ वर्षिय एक पुरुष र ज्यामरुङका ३२ वर्षिय एक पुरुष छन् ।
यो सँगै धादिङ संक्रमित हुनेको संख्या नीलकण्ठ नगरपालिकामा ५३ जना, ज्वालामुखी गाउँपालिकामा २७ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ७ जना, सिद्धलेक गाउँपालिकामा २ जना, नेत्रावती डब्जोङ, उँपालिकामा १ जना, गल्छी गाउँपालिकामा १ जना, थाँक्रे गाउँपालिकामा १ जना, धुनीबेसी नगरपालिकामा १ जना, गजुरी गाउँपालिकामा १ जना पुगेको छ । यस मध्ये ५ जना निको भएर घर फर्किसकेका छन् ।