शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण

नागरिक पाटी

६, आषाढ २०७७
  • 6.2K
    SHARES
  • गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण

    काठमाडौं । गण्डकी प्रदेशमा शनिबार थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ, नवलपुर, गारेखा, म्याग्दी, कास्की, स्याङजा र बाग्लुङमा नयाँ संक्रमित भेटिएका हुन्। नयाँ संक्रमित भेटिएका जिल्लामध्ये तनहुँमा २५ जनामा रहेका छन्।

    images
    images

    उनीहरु सबै पुरुष हुन्। यस जिल्लाको ऋषिङ गाउँपालिकामा २१, व्यास नगरपालिकामा २, र शुक्लागण्डकी नगरपालिकामा २ जना सङ्क्रमित थपिएका हुन्। यस्तै, नवलपुरको बुलुङटार गाउँपालिकामा ११, बौदीकाली गाउँपालिकामा एक, मध्यविन्दु नगरपालिकामा दुई, विनयत्रिवेणी गाउँपालिकामा एक र देवचुली नगरपालिकामा एकजनामा संक्रमण पुष्टि भएको हो। संक्रमितहरु सबै पुरुष हुन्। गोरखाको भीमसेन गाउँपालिकामा पाँच र म्याग्दीको मालिका गाउँपालिकामा एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। कास्कीको मादी गाउँपालिका एक पुरुष र एक १९ महिना बालिकामा संक्रमण देखिएको हो। यस्तै, स्याङजाको एक पुरुष र बाग्लुङको काठेखोला गाउापालिकाका सात पुरुष र एक महिलामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ। शनिबार बिहान थपिएका ५८ जनासँगै गण्डकीमा संक्रमितको संख्या ४३८ पुगेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ६, २०७७ शनिवार - ०७:४२:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology