गजल
नछुनु पोल्छ भनेकै हो त्यहाँ आगो छ।
तैपनि ती हातहरूलाई किन चासो छ ?
एक डुङ्गा थियो, जसलाई डुबाइदिएँ,
नदी हुँ मेरो छाती कुल्चिने अब को छ ?
गलैंचा फेरियो हजुरका पाउका लागि,
कोही भोको छ, कोही अझै नाङ्गो छ।
माथि पुग्नुभो महाशय! याद छ कि छैन
मसानघाट त निक्कै तल छ, होचो छ।
किन छोड्नुपर्यो र तिरहरू यो छातिमा,
दिल दुखाउन काफी त खत पुरानो छ।
कहाँ मन पर्छ र ती उकाली ओराली,
पाउ त्यही रोज्छ जुन बाटो सोझो छ।
पापी नजरहरु डुलाउने ती नयनहरू,
देख्दैन होला कि भरिएको सिउँदो छ।
"रुबस"