शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु

नागरिक पाटी

९, आषाढ २०७७
  • 7.3K
    SHARES
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु

    काठमाडौं। मोरङ, मकवानपुर र नवलपरासीपश्चिममा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। मोरङको पथरी शनिश्चरे नगरपालिका १० स्थित सडकमा बा ६९ प ७४५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको छ।

    images
    images

    दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    त्यस्तै मकवानपुरको मनहरी गाउँपालिका-६ सुनाचुरीस्थित सडकमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको एनएल ०१ एल २४६० नम्बरको ग्याँस लोड भएको भारतीय बुलेट गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७३ वर्षीय जसमान घिसिङको घटनास्थलमै मृत्यु भएको छ। गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    नवलपरासी पश्चिमको सुनवल नगरपालिका ११ जर्गाहास्थित सडकमा लु ३ त ३०९५ नम्बरको ट्याक्टरबाट खसेर बर्दघाट नगरपालिका-२ सुखौरा बस्ने २४ वर्षीया मिना नेपालीको मृत्यु भएको छ।

    खेतमा रोपाई गरी घरतर्फ फिर्ता हुने क्रममा ट्याक्टरबाट अचानक खस्न गई ट्याक्टरको पछाडीको टायरले कुल्चिदा गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ९, २०७७ मंगलवार - १३:३२:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology