शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विश्वमा कोरोना संक्रमितको संख्या एक करोड माथी

विश्वमा कोरोना संक्रमितको संख्या एक करोड माथी

नागरिक पाटी

१४, आषाढ २०७७
  • 9.4K
    SHARES
  • विश्वमा कोरोना संक्रमितको संख्या एक करोड माथी

    काठमाण्डौं । विश्वभर कोरोनाभाइरस संक्रमितको कूल संख्या एक करोडभन्दा माथि पुगेको छ । अहिलेसम्म कोरोनाभाइरसबाट करीब एक करोड ७५ हजार संक्रमित भएका छन् ।

    images
    images

    तीमध्ये आधाभन्दा बढी निको भएका छन् । अहिलेसम्म करीब ५४ लाख ५४ हजार जना निको भएका छन् । उपचाररत संक्रमितको संख्या करीब ४१ लाख २० हजार छ ।

    सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् । त्यहाँ संक्रमितको कूल संख्या करीब २६ लाख नाघेको छ । तीमध्ये सात लाखभन्दा केही बढी मात्र निको भएका छन् ।

    विश्वमा दैनिक नयाँ संक्रमित भेटिने दर निरन्तर उकालो लागिरहेको छ । शुक्रबार एकैदिन अहिलेसम्मकै बढी करीब एक लाख ९५ हजार नयाँ संक्रमित फेला परेका छन् ।

    धेरैजसो संक्रमित अमेरिका, ब्राजिल, रसिया र भारतमा फेला परेका हुन् । ब्राजिलमा पनि कूल संक्रमितको संख्या १३ लाख नाघिसकेको छ । त्यस्तै रसियामा ६ लाख २७ हजार र भारतमा पाँच लाख २९ हजार संक्रमित छन् ।

    यसैबीच कोरोनाभाइरसबाट मृन्यु हुनेको संख्या पनि पाँच लाख नाघेको छ । तीमध्ये एक लाख २८ हजार जना अमेरिकीहरुले ज्यान गुमाएका छन् । त्यसपछि ब्राजिलमा ५७ हजार र बेलायतमा ४३ हजारभन्दा बढीले ज्यान गुमाएाक छन् ।

    पछिल्लो समय मेक्सिको पनि कोरोनाभाइरसको ‘हटस्पट’ भएको छ । त्यहाँ अहिलेसम्म दुई लाखभन्दा माथि संक्रमित भएका छन् भने करीब २६ हजारको मृत्यु भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १४, २०७७ आइतवार - ०७:१४:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology