आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धितोपत्रको सेयर बजार भोलिदेखि खुल्ने

धितोपत्रको सेयर बजार भोलिदेखि खुल्ने

नागरिक पाटी

१४, आषाढ २०७७
  • 10.0K
    SHARES
  • धितोपत्रको सेयर बजार भोलिदेखि खुल्ने

    काठमाडौं । धितोपत्रको दोस्रो बजार भोलि सोमबारबाट खुल्ने भएको छ । आज आइतबार बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैंठकले सोमबारबाट सेयर बजार खोल्ने निर्णय गरेको बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले बताएका छन ।

    images


    “आज बसेको बोर्डको सञ्चालक समितिको बैंठकले सोमबारबाट सेयर बजार खोल्ने निर्णय गरेको छ,” उनले भने, बोर्डमा भएको निर्णयअनुसार नेप्सेलाई पत्राचार गर्ने तयारी भएको उनले बताए । नेप्सेलाई बोर्डले पत्राचार परेपछि नेप्सेले बजार खोल्ने मोडालीटी सार्वजनीक गर्ने अध्यक्ष ढुङ्गानाले जानकारी दिएका हुन ।

    सरकारले लकडाउन गरेसँगै चैत १० बाट बन्द भएको सेयर बजार वैशाख ३० र ३१ गते २ दिनका लागि खुलेको थियो । त्यसपछि पुनः बन्द भएको बजार लकडाउन खुकुलो भएर आर्थिक गतिविधि सुरु हुँदासमेत सञ्चालनमा नआउँदा चौतर्फी विरोध भइरहेको थियो ।

     

    images
    images
    images
    प्रकाशित मिति :आषाढ १४, २०७७ आइतवार - १३:४४:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology