शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेशको बजेट बहुमतले पास

बागमती प्रदेशको बजेट बहुमतले पास

नागरिक पाटी

१९, आषाढ २०७७
  • 7.4K
    SHARES
  • बागमती प्रदेशको बजेट बहुमतले पास

    हेटौंडा । बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयक बहुमतले पास भएको छ। बागमती प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले जवाफ दिएपछि बागमती प्रदेशको बजेट बहुमतले पारित भएको हो। मन्त्रीहरुको जवाफपछि नेकपाबाहेक सबै दलहरुले बजेटमा असहमति जनाए पनि नेकपाको स्पष्ट बहुमत भएकोले बजेट पास भएको हो। बजेटमा नेपाली कांग्रेस, विवेकशील साझापार्टी, नेमकिपा, राप्रपा, राप्रपा संयुक्त र एक स्वतन्त्रले बजेटको विपक्षमा रहेका थिए।

    images
    images

    बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ। बागमती प्रदेश सरकारले अघिल्लो ०७६/०७७ को भन्दा ३ अर्ब ८२ करोड बढी बजेट ल्याएको हो। गत आवमा ४७ अर्ब ६० करोड ७८ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो। ०७७/०७८ मा प्रदेश सरकारले चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख रुपैयाँ अर्थात कुल बजेटको ५१ दशमलव १२ प्रतिशत बजेट विनियोजन गरेको छ।


    बजेटको छलफलमा उठेको जवाफ दिँदै प्रदेश सरकारले सबै राजनीतिक दल र सरकारसँग समन्वय गरेर काम गर्ने बताएको छ ।
    जवाफ दिँदै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संसदमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले प्रदेश संघीय र स्थानीय तहसँग मिलेर काम गर्ने बताएका हुन्।

    उनले प्रदेश सरकारले काम गरिरहेको भन्दै आफ्नो घर अघि काम भएमात्रै काम ठान्ने प्रवृत्ति अन्त्य गर्न आग्रह गरे। उनले २ वर्षभित्र प्रदेशभरमा १ सय ७९ किमि सडक ढलान तथा कालोपत्रे गर्ने काम भएको, ३३ पुल निर्माण, ८ सय ७ किमि सडक निर्माण र ३ सय २० किलोमिटर सडक ग्राभेल भएको बताए। उनले कोरोना भाइरसको संक्रमण रोक्न र संक्रमितलाई उपचार गर्न औजार तथा उपकरण खरिद, आईसोलेसन, क्वारेन्टाइन, पिसिआर लगायतका कामका लागि कार्यक्रममा समेटेको छ। ६६ वटै निर्माण क्षेत्रमा स्वास्थ्य उपचारको व्यवस्था गरिएको उनको भनाइ छ। उनले कोरोनाका कारण अधुरा योजनाको अवस्था हेरी म्याद थप गर्न संघीय सरकारसंग समन्वय गर्ने बताए।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १९, २०७७ शुक्रवार - १५:३१:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology