शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बझाङको पहिरोमा परि एकै परिवारका तीनसहित चार जनाको मृत्यु, तीन जना बेपत्ता

बझाङको पहिरोमा परि एकै परिवारका तीनसहित चार जनाको मृत्यु, तीन जना बेपत्ता

नागरिक पाटी

२०, आषाढ २०७७
  • 7.4K
    SHARES
  • बझाङको पहिरोमा परि एकै परिवारका तीनसहित चार जनाको मृत्यु, तीन जना बेपत्ता

    काठमाण्डौं । बझाङमा गएराति पहिरोले डेढ दर्जन घर बगाउँदा बेपत्ता भएकामध्ये चार जनाको शव भेटिएको छ। बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये ४ जनाको शव भेटिएको वडाध्यक्ष गणेश बोहराले बताएका छन।

    images
    images

    ‘अहिलेसम्म चार जनाको शव भेटिएको छ’, वडाध्यक्ष बोहराले भने, ‘अझै तीन जना बेपत्ता हुनुहुन्छ।’ शव भेटिएकामध्य एकै परिवारका तीन जना र अर्का एक जना रहेको उनले जानकारी दिएका छन ।

    वडाध्यक्ष बोहरका अनुसार पहिरोले पुरिएर ४४ वर्षीय राममती देवी जेठारा, उनका १२ वर्षीय छोरा प्रयाग जेठारा र १३ वर्षीया छोरी अस्मीता जेठाराको शव फेलाको परेको छ। यस्तै केदारस्युँ गाउँपालिका–८ का ८० वर्षीय दले जेठाराको पनि शव भेटिएको छ। उद्धारका लागि अहिले दुर्गाथली र धोताको प्रहरी टोली घटनास्थल पुगेको छ। सो पहिरोमा परी अझै तीन जना बेपत्ता छन्। वडाध्यक्ष बोहराका अनुसार २२ वर्षीय गिरी जेठारा, १५ वर्षीय सन्तु जेठारा र १५ वर्षीय शान्ति जेठाराको अवस्था अझै अज्ञात छ। उनीहरुको खोजी कार्य भइरहेको उनले बताए।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २०, २०७७ शनिवार - १५:००:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology