शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विश्वभर कोरोना भाइरसबाट एकैदिन एक लाख ९० हजार संक्रमित

विश्वभर कोरोना भाइरसबाट एकैदिन एक लाख ९० हजार संक्रमित

नागरिक पाटी

२१, आषाढ २०७७
  • 5.6K
    SHARES
  • विश्वभर कोरोना भाइरसबाट एकैदिन एक लाख ९० हजार संक्रमित

    काठमाण्डौं । विश्वभर कोरोनाभाइरसबाट दैनिक संक्रमित हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो तीन दिन संक्रमितको संख्या दुई लाख आसपास रहेको छ । गएको शुक्रबार एकैदिन दुई लाख नौ हजारभन्दा बढी संक्रमित भए । एकैदिन संक्रमितको संख्या दुई लाख नाघेको यो नै पहिलोपटक हो । अघिल्लो दिन बिहिबार झन्डै एक लाख ९८ हजार संक्रमित भेटिएका थिए ।

    images
    images

    शनिबार भने करीब एक लाख ९० हजार संक्रमित भेटिएका छन् । अमेरिकामा दैनिक संक्रमित भेटिने संख्या ५० हजार नाघेको छ । पछिल्लो चार दिनमा त्यहाँ हरेक दिन औषतमा ५० हजारभन्दा बढी नयाँ संक्रमित भेटिन थालेका छन् । अमेरिकामा कूल संक्रमितको संख्या २९ लाख ३५ हजारभन्दा बढी पुगिसकेको छ ।

    अमेरिकापछि ब्राजिल कोरोनाभाइरस संक्रमणबाट आक्रान्त छ । ब्राजिलमा कूल संक्रमितको संख्या करीब १६ लाख पुगिसकेको छ । त्यहाँ दैनिक औषत संक्रमितको संख्या ४० हजारभन्दा माथि छ । सबैभन्दा बढी १९ जुलाईमा एकैदिन ५५ हजारभन्दा बढी संक्रमित भेटिएका थिए ।

    विश्वभर अहिलेसम्म करीब एक करोड १४ लाख संक्रमित भेटिएका छन् । तीमध्ये ६४ लाख ३३ हजारभन्दा बढी निको भएका छन् । पाँच लाख ३२ हजार ८६१ को मृत्यु भएको छ । अहिले उपचाररत संक्रमितको संख्या ४४ लाख पाँच हजार २०१ छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २१, २०७७ आइतवार - ०७:२६:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology