सुस्मिता अर्याल
विश्व संकट पैदा गर्नेगरी फैलिएको यस कोरोना भाइरस (कोभिड-१९) अहिले सबै नागरिकको आपत्तिको विषय बनेको छ । सन २०१९ डिसेम्बर ३१ मा चीनको वुहान शहरमा पानी जहाजमा देखिएको उक्त भाइरस पछि मानिसहरुमा पनि देखिएको छ । यस भाइरसलाइ मार्च ११ मा WHO ले covid -19 को नामले नामाकरण गरेको थियो (co-corona ,vi-virus , D- diseases) । चिनमा केन्द्रविन्दु बनाएको उक्त भाइरस पछिल्लो समयमा विश्वका करिब २१५ देशमा फैलिसकेको छ ।यस्तो विषम परिस्थितिमा सम्पुर्ण देशको अर्थतन्त्रमा गम्भीर असर परेको देखिन्छ । पछिल्लो समय नेपालमा पनि यसको जोखिम बढ्दै गएको छ ।
कोभिड-१९ न्युनिकरणका लागि सबैभन्दा उत्तम उपाय लकडाउन नै मानिएकोले सरकारले चैत्र ११ गतेदेखी गरेको लकडाउन लम्ब्याउदै गएको छ जसले गर्दा दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने मानिसहरुको जिवनमा निकै ठूलो संकट आएको छ भने कयौ मानिसहरुको रोजगारी गुमेको छ । यसले मानिसहरुमा आर्थिक मात्र नभइ मनोवैज्ञानिक असर पनि गरेको देखिन्छ । यसको परिणामस्वरुप नेपालमा पछिल्लो तिन महिनाको तथ्यांक हेर्दा करिब १३०० मानिसले आत्महत्या गरेका छन् । यसरी मानसिक चिन्ता ,डर र त्रासमा मानिसहरु कतिन्जेल पिंजडाको चरा जसरी बस्न सकोस ? एकजना केशब नाम गरेका अङ्कल विदेशमा पसिना गरि कमाई अब आफ्नै देशमा केही गर्छु भनी करिब आठ महिना अघि नेपाल फर्किनुभयो। जेनतेन कमाएर बचेको सबै पैसा र ऋण धन गरि होटेलमा लगानी गर्छु र व्यवसाय सुरु गर्छु भन्ने मनसायले होटेल संचालन गर्नुभयो । यसको २ महिनापछी यस्तो विपत्ती आइलाग्यो कसलाई के थाहा यस्तो होला भन्ने ? विदेशमा बसुन्जेल कमाएको पैसा सबै लगानी गरियो आम्दानीको स्रोत केही छैन शहरको महङ्गो बसाइ महिना मरेपछी घरको र होटेलको भाडा दिनुपर्यो भन्दै घरबेटि ढोका ढकढकाउन आइपुग्छ्न । उता आफुलाइ दैनिक खान लाउन पनि हम्मे हम्मे परेको छ । त्यति धेरै रकम कसरी जुटाउनु ? यो त एउटा व्याक्तिको उदाहरण भयो यस्तो समस्या कयौं मानिसहरुले झेल्नुपरेको छ ।यो माहामारी कति समयसम्म रहन्छ भन्ने कुनै निश्चित तथ्य यकिन छैन तसर्थ यस सङ्गै सम्पुर्ण मानिसहरुले आफ्नो जिवनशैली परिवर्तन गरि आत्मसात गर्दै अगाडि बढ्नुपर्ने देखिन्छ । हाम्रो देश कृषिप्रधान देश भएकोले कृषि क्षेत्रमा प्रोत्साहन दिनुपर्ने देखिन्छ ।
लाखौं युवाहरू विदेशबाट रोजगारी गुमाएर फर्किएका छन् । देशमा भएको जनशक्तिको भरपुर प्रयोग गरि आधुनिक प्रविधिलाइ बढवा दिदै लैजानुपर्ने देखिन्छ । उत्पादन बढाउनका निम्ति पशु बिमा , बालि बिमा सुनिश्चितता गर्ने साथै कृषिमा सहुलियतपुर्ण कर्जा प्रदान गर्ने लगायतका विकल्पहरु अवलम्बन गर्न सकिन्छ ।शैक्षिक क्षेत्र पनि तहसनहस बनेको यस समयमा शैक्षिक गतिबिधी संचालनमा प्रविधिको प्रयोग बढाइ डिजिटाइजेसन पर्णालीबाट संचालन गर्नुपर्ने देखिन्छ । जस्तै विध्यालय क्याम्पसहरुमा पनि विद्यार्थीको सहजिकरणको लागि विभिन्न एप्लिकेसन प्रयोग गरि अनलाइन कक्षा संचालन गर्न सकिन्छ । यसका लागि साइबर सुरक्षाका उपायहरु पनि अपनाउनु पर्छ । विकट क्षेत्र जहाँ विधुतिय पहुच पुगेको छैन त्यस्ता क्षेत्रमा सरकारले विभिन्न विकल्पहरु अनुसन्धान गरि पहल गर्नुपर्ने देखिन्छ ।नेपालको अर्थतन्त्र विप्रेषणमा आधारित भएकोले यसलाइ प्रतिस्थापन गर्नका लागि आन्तरिक उत्पादन प्रवर्द्धन गरि आयात न्युनिकरण र निर्यात वृद्धि गर्दै लैजानुपर्छ । त्यस्तै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न विभिन्न संघसंगठनमा आवद्ध कर्मचारीहरुलाइ बिदा दिएर घुम्न पठाउने कुरा पनि उठेको छ यसलाई पनि ग्रहण गरि लागू गर्न सकिन्छ ।
अर्थतन्त्रमा तरलता अभाव हुन नदिनको लागि बैंक रेट घटाउने , अनिवार्य नगद मैज्दात घटाउने , पुनर्कर्जाकोषमा रकम बढाउने , वैधानिक तरलता अनुपात घटाउने जस्ता विविध उपायहरु अपनाउन सकिन्छ। त्यस्तै व्यवसाय संचालन गर्नका लागि दिईएका कर्जाको ब्याजदरमा केही प्रतिशत छुट दिई सहजिकरण गर्न सकिन्छ । अत यस माहामारिलाई आत्मसात गर्न तोकिएको मापदण्ड अनुरुप सामाजिक दुरि कायम गरि जिवनयापनलाइ सहजिकरण गर्दै जानुपर्ने हुन्छ ।
अनामनगर काठमाडौं निवासी अर्याल नेपाल रास्ट्र बैंकमा कार्यरत हुनुहुन्छ ।