शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

साउन एकबाट इम्बोस्ड नम्बर प्लेट जडानको आवेदन खुल्दै

साउन एकबाट इम्बोस्ड नम्बर प्लेट जडानको आवेदन खुल्दै

नागरिक पाटी

२२, आषाढ २०७७
  • 7.3K
    SHARES
  • साउन एकबाट इम्बोस्ड नम्बर प्लेट जडानको आवेदन खुल्दै

    धादिङ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहतको यातायात व्यवस्था विभागले पुनः इम्बोस्ड नम्बर प्लेट जडानका लागि आवेदन खोलेको छ । सर्वोच्चमा परेको रिट खारेजीसँगै विभागले वाग्मती प्रदेशमा दर्ता भएका सवारीको लागि आवेदन खुल्ला गरेको हो । २०७४ फागुनमा अधिवक्ता भरतकुमार बस्नेत र राजन बुर्लाकोटीले सर्वोच्चमा रिट दायर गरेका थिए । अदालतले सुरुमा काम रोक्न अन्तरिम आदेश दिए पनि गत मंसिरमा उक्त रिट खारेज गरेको थियो ।

    images
    images

    विभागले सूचना जारी गर्दै साबिक वाग्मती अञ्चल र हाल वाग्मती प्रदेशअन्तर्गतका यातायात व्यवस्था कार्यालयहरुमा दर्ता रहेका सरकारी, संस्थानका र निजी स्वामित्वका सवारीमा साउन १ देखि इम्बोस्ड नम्बर प्लेट जडान गर्न लागिएको बताएको छ । इम्बोस्ड नम्बर प्लेट जडानको लागि आइतबारबाट अनलाइन आवेदन खुलेको छ । राजस्व चुक्ता भएका सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान हुने जनाएको छ । विभागका अनुसार इम्बोस्ड नम्बर प्लेट जडानका लागि मोटरसाइकल २५ सय, तीन पांग्रे सवारीका लागि २९ सय, चार पांग्रे सवारीका लागि ३२ सय र ठूला सवारीका लागि ३६ सय रुपैयाँ बुझाउनुपर्नेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २२, २०७७ सोमवार - ०७:१३:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology