शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मकवानपुरको थाहा नगरपालिकाले नौखण्डे देउरालीमा औद्योगिकग्राम स्थापना गर्ने

मकवानपुरको थाहा नगरपालिकाले नौखण्डे देउरालीमा औद्योगिकग्राम स्थापना गर्ने

नागरिक पाटी

२३, आषाढ २०७७
  • 10.4K
    SHARES
  • मकवानपुरको थाहा नगरपालिकाले नौखण्डे देउरालीमा औद्योगिकग्राम स्थापना गर्ने

    धादिङ। व्यावसायिक क्षेत्रको विकास र रोजगारी वृद्धि गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले औद्योगिकग्राम स्थापना गर्ने भएको छ । यसका लागि संभाव्यता अध्ययन भइरहेको बताइएको छ । नगरप्रमुख लवशेर विष्टले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरी वडा नं ११ स्थित नौखण्डे देउरालीमा औद्योगिकग्राम स्थापना हुने जानकारी दिएका छन ।

    औद्योगिक ग्राम स्थापनाका लागि मनोकामना मन्दिरको नजिक १०० रोपनी जमीनमा प्राविधिक अध्ययन थालिएको उनले बताए । सीपमूलक तालीम सञ्चालन गरी साना उद्योग सञ्चालन गर्न चाहने व्यक्ति तथा फर्मलाई अनुदान र मेशनरी सहायता उपलब्ध गराउने व्यवस्था नगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।

    नगर क्षेत्रमा छरिएर रहेको पूँजि सहकारीको माध्यमबाट एकीकृत गरी सहकारी र नगरपालिकाको साझेदारी विभिन्न सीपमूलक र आय आर्जनका कार्यक्रम सञ्चालन गर्ने योजनासमेत नगरपालिकाले अघि सारेको छ ।

    images
    images

    नगरका स्थानीय वृद्धिजीवी हरिप्रसाद भट्टराईले औद्योगिक ग्राम स्थापना गर्नु खुशीको विषय भएको र विदेशमा रोजगारीका लागि युवालाई पठाउनुभन्दा स्वदेशमा सीपमूलक तालीम दिएर रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ ।

    वन विज्ञान अध्ययन संस्थान हेटौंडाका प्रध्यापक दामोदर गैरेले जडीबुटीका लागि प्रख्यात रहेकाले जडीबुटी विकासका लागि जोड दिन आग्रह गरे
    । थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज नेपालले औद्योगिक ग्रामका स्थापनामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - १३:११:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology