धादिङ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख १९ हजार नाघेको छ । भने २० हजार १६० जनाको मृत्यु भएको छ ।
भारतमा हालसम्म २० हजार १६० कोरोना संक्रमितको मृत्यु भइसकेको बीबीसीले जनाएको छ । भारतमा अहिले २ लाख ५९ हजार ५५७ कोरोना संक्रमित उपचार गराइरहेका छन् । भारतमा हालसम्म ४ लाख ३९ हजार ९४८ कोरोना संक्रमित निको भइसकेका छन् ।