काठमाण्डौँ । दक्षिण भारतीय अभिनेता सुशील गौडाको निधन भएको छ । उनले आत्महत्या गरेको हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गौडा करनाटकका चर्चित अभिनेता हुन् ।
मांड्या जिल्लामा रहेको घरमै उनको शव बुधबार भेटिएको प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था पिटिआइले जनाएको छ । प्रहरीले गौडाको मृत्युको कारण स्पष्ट नभएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
३० वर्षका गौडाले एक टेलिभिजन सिरियलमा काम गरेका थिए र उनको एक चलचित्र प्रदर्शन हुन बाँकी छर सालागा नामको सो चलचित्रमा दुनिया विजय नायक छन् भने गौडाले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । सुशील गौडा अभिनेतासँगै जिम ट्रेनर पनि थिए ।