शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना भाइरसको उत्पत्तिबारे डब्लूएचओले अनुसन्धान गर्दै

कोरोना भाइरसको उत्पत्तिबारे डब्लूएचओले अनुसन्धान गर्दै

नागरिक पाटी

२६, आषाढ २०७७
  • 9.7K
    SHARES
  • कोरोना भाइरसको उत्पत्तिबारे डब्लूएचओले अनुसन्धान गर्दै

    काठमाडौं । नोभेल कोरोना भाइरसको उत्पत्तिका विषयमा अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को टोली चीन प्रस्थान गरेको छ ।डब्लूएचओका प्रवक्ता मार्गरेट ह्यारिसले विशेषज्ञको एक टोली शुक्रबार चीन प्रस्थान गरेको जानकारी दिएकी छन् । उनका अनुसार यस टोलीले चीनमा कोरोना भाइरसको उत्पत्तिको सम्बन्धबारे अनुसन्धान गर्नेछ । टोलीमा पशु विज्ञान र महामारीका विज्ञहरु छन् । उनीहरु चिनियाँ वैज्ञानिकसँग मिलेर काम गर्ने बताइएको छ ।

    images
    images

    उनले कोरोना भाइरस महामारीविरुद्ध जारी लडाईको समीक्षा गर्न बिहीबार गठन भएको एक स्वतन्त्र प्यानलमा विश्व स्वास्थ्य संगठनको कुनै भूमिका नहुनेसमेत बताएकी छन् ।

    चीनबाट सन् २०१९ को डिसेम्बर अन्तिबाट सुरु भएको नोभेल कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएको छ । यस महामारीको उत्पत्तिमा चीनको हात रहेको भन्दै चर्को आलोचना भएपछि यसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओको टोली चीन प्रस्थान गरेको हो । ( अलजजिरा

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २६, २०७७ शुक्रवार - १९:०३:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology