काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ४१ लाख ९२ हजार २२२ पुगेको छ । यस्तै, कोरोनाबाटै मृत्यु हुनेको संख्या पनि ५ लाख ९९ हजार ३६९ पुगेको छ । हालसम्म ८४ लाख ५५ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ४२ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । जसमा अमेरिकामा मात्रै ७५ हजार भन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । योसँगै अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३७ लाख ७० हजार १२ पुगेको छ । त्यहाँ हालसम्म १ लाख ४२ हजार ६४ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा हालसम्म २० लाख ४८ हजार ६९७ जना संक्रमित हुँदा ७७ हजार ९३२ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म १० लाख ४० हजार ४५७ संक्रमित हुँदा २६ हजार २८५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ३५ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । रुसमा ७ लाख ५९ हजार २०३ संक्रमित हुँदा १२ हजार १२३ जनाको मृत्यु भएको छ । पेरुमा ३ लाख ४५ हजार ५३७ जना संक्रमित हुँदा १२ हजार ७९९ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ३ लाख ३७ हजार ५९४ जना संक्रमित हुँदा ४ हजार ८०४ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ३ लाख ३१ हजार २९८ जना संक्रमित हुँदा ३८ हजार ३१० को मृत्यु भएको छ । चिलीमा ३ लाख २६ हजार ५३९ संक्रमित हुँदा ८ हजार ३४७ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ३ लाख ७ हजार ३३५ पुगेको छ भने २८ हजार ४२० जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४५ हजार २३३ जनाको मृत्यु भएको छ भने २ लाख ९३ हजार २३९ जना संक्रमित रहेका छन् ।
यता, इरानमा २ लाख ६९ हजार ४४० जना संक्रमित हँदा १३ हजार ७९१ जनाको मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ५९ हजार ९९९ संक्रमित हुँदा ५ हजार ४७५ जनाको ज्यान गएको छ । साउदी अरबमा २ लाख ४५ हजार ८५१ हजार संक्रमित हुँदा २ हजार ४०७ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ४३ हजार ९६७ पुग्दा ३५ हजार २८ जनाको मृत्यु भएको छ ।
टर्कीमा २ लाख १७ हजार ७९९ संक्रमित हुँदा ५ हजार ४५८ को ज्यान गएको छ । जर्मनीमा २ लाख २ हजार ३४५ जना संक्रमित हुँदा ९ हजार १६० जनाको मृत्यु भएको छ । बंगलादेशमा हालसम्म १ लाख ९९ हजार ३५७ संक्रमित हुँदा २ हजार ५४७ को मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ७४ हजार ६७४ हुँदा ३० हजार १५२ जनाको मृत्यु भएको छ ।
चीनमा पछिल्लो २४ घण्टामा २२ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार ६४४ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा २३ हजार ४७३ जना संक्रमित हुँदा ९८५ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १७ हजार ४४५ जना संक्रमति फेला पर्दा ११ हजार ५३४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ४० जनाको भने मृत्यु भएको छ ।